भयो रविको जित: कार्वाही नहुने प्रेस काउन्सिलको बिज्ञप्तिसहित

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २६ असार ।

पत्रकार रवि लामिछानेविरुद्ध ओली सरकार पछि हटेको छ। टेलिभिजन जगतकै चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’ का प्रस्तोता एवं चर्चित पत्रकार रबि लामिछानेलाई नेपालमै बसी पत्रकारिता गर्न नेपाल प्रेस काउन्सिलले अनुमति दिएको छ । लामिछानेबारे काउन्सिलले गरेको अनुसन्धान पुरा भए पछि आज एक पेश बिज्ञप्ति जारी गर्दै लामिछानेले अमेरिकी नागरिकता त्याग गर्ने प्रक्रिया शुरु गरिसकेको प्रमाण पेश गरेको देखिएकोले नेपालको ऐन ,नियम भित्र रहेर पत्रकारिता गर्न अनुमति दिएको हो ।

नेपालमा अवैधरुपमा काम गरिरहेको दावीसहित उनिविरुद्ध कानुनी कारबाहीको तयारी भइरहँदा आज बिहीबार प्रेस काउन्सिल नेपालले उनले अमेरिकी राहदानी र नागरिकता त्याग सम्बन्धी प्रकृया चालिसकेकोको जानकारी प्राप्त भएको उल्लेख गर्दै लामिछानेले नेपालमै रही सञ्चार सम्बन्ध पेशा व्यवशायमा संलग्न हुने उनको रुचिको सम्मान गर्ने बताएको छ। यसअघि उनले अमेरिकी नागरिकता र राहदानी हुँदाहुँदै विना अनुमती नेपालमा काम गरेको भन्दै कारबाहीको तयारी भइरहेको थियो।

प्रेश काउन्सिल नेपालले गृह मन्त्रालयले लामिछानेले अमेरिकी नागरिकता र राहदानी त्याग सम्बन्धी निवेदन दिएकोबारे आफूलाई जानकारी गराएकाले यो मुद्धा टु‌ंगिएको पनि स्पष्ट पारेको छ।

ऐन अनुसार लामिछानेले पुन नेपाली नागरिकता लिइरहनुपर्दैन, अमेरिकाको नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासनमा बुझाउनासाथ उनको बंशजको नागरिकता पुनः कायम हुनेछ । लामिछानेले बुधबार मात्रै अमेरिकी नागरिकता र पासपोर्ट परित्यागका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दर्ता गराएका थिए । लामिछानेले गैरकानूनी ढंगले काम गरिरहेको पत्र अध्यागमन विभागले प्रेस काउन्सिललाई पठाएको २४ घण्टा नबित्दै लामिछानेले बुधबार अमेरिकी दूताबासमा पासपोर्ट र नागरिकता त्यागसम्बन्धी आवेदन बुझाएको जानकारी अध्यागमन विभागलाई दिएका छन् ।

प्रेस काउन्सिलका सहप्रसासकिय अधिकृत दिपक खनाल द्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा भनिएको छ