गायिका कंडेलको स्वरमा सजिएको गीत ‘संधैलाइ’ को भिडियो सार्बजनिक (भिडियोसहित )

हाम्रो सन्देश संवाददाता

असार २६,कठमाडौ ।

केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरु लाई प्रोत्साहन गर्दै आइरहेको छ । केबीए ग्लोबलकै सपोर्टमा सोमबार गायिका निशा कंडेलको स्वरमा सजिएको गीत ‘संधैलाइ’ को अफिसियल भिडियो सार्बजनिक भएको छ । गीतले मायामा परेको र आफ्नो प्रेमी प्रति संधै समर्पित भाव बोकेको छ।भिडियोमा गायिका स्वयम् र अमन प्रधानको अभिनय रहेको छ ।

अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतको भिडियोलाई चक्र महर्जनले छायांकन गरेका छन् । भिडियोलाइ बिजेश पौडेलले सम्पादन गरेका छन् । राहुल प्रधानको निर्देशनमा तयार भएको भिडियोलाइ

केबीए ग्लोबल एजुकेसन कन्सल्टेन्सीका निर्देशकले आगामी दिनमा पनि यस्ता राम्रा प्रतिभा भएका कलाकारहरुलाई सहायता गर्ने बताउनु भयो । यस कन्सल्टेन्सी अस्ट्रेलियाको सिड्नी,डार्विन,पेर्थ अनि फिलिपिन्स र नेपालमा काठमाडौँ,चितवन,बुटवल,नेपालगंज,पोखरा र बनेपामा कार्यालय संचालनमा छन् । छिट्टै मेलबर्नमा र ब्राजिलमा पनि कार्यालय खुल्न लागेको ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रिले जानकारी गराए ।