प्रियंका कार्की किन देखिन्छिन् छोटो भूमिकामा ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नायिका प्रियंका कार्की पछिल्लो समय निकै चर्चामा छिन् । एक पछि अर्को चलचित्र हिट भएपछि उनी नेपाली चलचित्र क्षेत्रमा निकै चर्चित भएकी हन् । प्रियंका दर्शकहरुले रुचाइएको नायिकामा पर्दछिन् । उनी हट एण्ड बोल्ड नायिकाको रुपमा पनि चिनिन्छिन् ।

२००५ को मिस टिन समेत रहेकी प्रियंका नृत्यमा अब्बल, अभिनयमा पनि राम्रो, आर्कषक र हट नायिकाको सूचिमा पर्दछिन् । उनी अभिनित चलचित्र छक्का पन्जा १, छक्का पन्जा २, नाई नभन्नू ल ४ लगायतका थुप्रै चलचित्रहरु हिट भए ।

उनी जस्तो रोलमा पनि फिट हुनछिन् या भनौं जस्तो भूमिका पनि सजिलै निभाउन सक्छिन् । तर हिजो आज भने प्रियंकालाई मूख्य भूमिकामा देख्नै मुस्किल भएको छ । चलचित्रमा प्राय उनलाई छोटो भूमिकामा मात्रै देखिन्छ ।

भदौं ८ मा रिलिज हुने चलचित्र नाई नभन्नू ल ५ मा पनि उनि छोटो भूमिकामा देखिने छिन् । यो चलचित्रमा उनी नायिका स्वस्तिमा खड्काकी आमाको भूमिका निर्वाह गर्दै छिन् ।

अहिले उनी फ्रेन्चाईज रियालिटी शो बुगी बुगीको सेटमा ब्यस्त छिन् । उनी अाफूलाई आउने अधिकांश अफरहरुलाई छाड्दैनन् । सानो रोल भएपनि खेल्नुपर्छ भन्ने उनको मान्यता रहेकाे छ । त्यसैले पनि अफर आएका अधिकांश फिल्ममा उनको भूमीका रहेकाे हुन्छ ।