गोरखाकी रचनामाथि अमेरिकामा ८ गोली प्रहार

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१० साउन ।

अमेरिकाको ओक्लोहाममा एक नेपाली युवतीमाथि गोली प्रहार भएको छ । स्थानीय ग्याँस स्टेशनमा काम गर्ने गोरखाकी रचना श्रेष्ठमाथि स्थानीय समय अनुसार दिउँसो सवा १२ बजे एक ये ८ गोली प्रहार गरेका थिए ।

गाला, पिठ्युं, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा गोली लागेकी उनको स्थानीय सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको अमेरिकाबाट पत्रकार गुणराज लुईटेलले जानकारी दिनुभयो । ८ मध्ये ४ गोली शरिरबाट निकालिएको र रचनाको अवस्था अत्यत्नै चिन्ताजनक रहेको श्रीमान् कपिल श्रेष्ठले बताउनुभयो । गोली हान्ने १८ वर्षका जिमुन्तेज हिललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको छ ।

डीभी परेर डेढ एक वर्ष अघि अमेरिका गएकी उनका साढे २ वर्षका छोरा छन् । ३ साताअघि पनि लुटेराले भर्जिनियामा रेशम बजगाईंको हत्या गरेको थियो ।