स्वदेश फर्किने क्रममा एयरपोर्टमै बेहोस सुरेश मगरको उद्दार

हाम्रो सन्देश संवाददाता

मलेसिया, १५ साउन ।

स्वदेश फर्किन एयरपोर्टमा अध्यागमन बिभाग भित्र जाँच पासकै क्रममा अकस्मात चक्कर लागेर भुईमा ढलि बेहोस भएका सुरेश थापा मगरलाई उद्दार गरिएको छ।

अचानक बेहोस भएका मगरलाई एयरपोर्टकै कर्मचारिहरुको सहयोगमा सेर्डाङ अस्पतालमा उपचारको लागी लगिएको थियो । तनहु जिल्ला भिमादका सुरेस थापा मगरलाई अदिवासि जनजाति महासङ्घ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासा,महासङ्घका क्षेत्रिय समिति ईपो पेराग तथा नेपाल मगर सङ्घ मलेसियाको विशेष सहयोगमा अाजै बेलुकि ६:३० बजे अस्पताल बाट डिस्चार्ज गराइएको हो। जुलाई २३ तारिखका दिन अस्पताल भर्ना भएको उनको उपचार खर्च ४ हजार १:o १२ रिङ्गेट पुगे पछि पैसाको अभावमा उपचार खर्च तिर्न नसकेर अस्पतालमै अलपत्र अवस्थामा रहेका थिए।

उपचारको क्रममा खर्च भएका अस्पताललाई तिर्न बाकी रहेको रकम महासङ्घ क्षेत्रिय समिति पेराग तथा उनि काम गर्दै अाएको कम्पनि का सहयोगि साथीहरुबाट सङ्कलित ३००० / रिङ्गेट तथा नेपाल मगर संघ मलेसियाले १५००/ रिङ्गेट आर्थिक सहयोग गरे पछि उनको खर्च भुक्तान गरिPsf] xf] । सङ्कलित ४,५०० रिङ्गेटमा ४,११२ रिङ्गेट कटाई बाकि रहेको ३८८ |- रिङ्गेट स्वयम् बिरामि सुरेश थापा मगर लाई बुझाईएको र बिरामी स्वयंम पनि महासंघ मलेसियाको क्षेत्रीय समिती इपोको सदस्य समेत रहेको अध्यक्ष पिटि शेर्पा पिनासाले बताउनु भयो।