आज कतिमा कारोबार हुँदै छ त सुनचाँदि?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, साउन १६ ।

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार छापावाल सुन अघिल्लो दिन भन्दा तोलामा १ सयले घटेर ५६ हजार ३ सयमा कारोबार भएको थियो भने बुधबार पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बजारमा सोमबार चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार तोलामा रु ५ ले घटेर प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार पनि सोहि मुल्यमा कारोबार भइरहेको छ।