माउन्टेन हाइड्रोको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, साउन २० ।

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आइतबार अन्तिम दिन हो । हाइड्रो कम्पनीले असार २२ गतेदेखि आवेदन दिन पाइने गरी १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

यो आइपीओमा साउन ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिए पनि यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेकोले साउन २० गतेसम्म आवेदन दिने व्यवस्था मिलाइएको थियो ।

हाइड्रो कम्पनीले निष्काशन गरेको आईपीओमा न्युनतम ५० देखि अधिकतम ६००० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यो कम्पनीले २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ ।

यो आईपीओ आयोजना प्रभावित क्षेत्र पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालीका तथा पाँचचरका अन्य बासिन्दाको लागि मात्रै रहको छ ।

यो आइपीओ आयोजना प्रभावितलाई ७ लाख ५० हजार र जिल्ला अन्य क्षेत्रबासीलाई ५ लाख शेयर निष्काशन भएको छ । यसको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।

यसको शेयर आवेदनका लागि पाँचथरकै सेन्चुरी बैंक, प्रभु बैंक, सिभिल बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र माउन्टेन हाइड्रोबाट आवेदन दिन सकिन्छ ।