गायक र युटुबर बन्छु भनेर सोचेको थिईन : छेवाङ लामा (भिडियो-सहित)

हाम्रो सन्देश संवाददाता

प्राय संगीतकर्मी गीत-संगीतमा चर्चामा आउने बित्तिकै देशमा भन्दा विदेश बसाईमा रमाउने गर्छन् । सायदै कमै गीत-संगीतकर्मी होलान् जो स्वदेशमै बसेर केहि गर्न सकिन्छ, भनेर निरन्तर लागि रहेका छन् । यस्तैमा केहि संगीतकर्मी यस्ता पनि छन् जो बैदेशिक जिबनलाई त्यागेर नेपालमा गीत-संगीतममा कर्म गरिरहेका छन् । यस्तै एउटा नामको रुपमा गायक छेवाङ लामालाई पनि लिन सकिन्छ । बिशेषत अरुका गीतहरु कभर गरेर निकै चर्चामा रहेका छेवाङ केहि आफनै गीतहरु पनि दर्शक-श्रोता माझ लोकप्रिय रहेका छन् ।

चर्चित गीतहरु हङकङ पोखरा, कुसुमे रुमाल, उकाली चढाैँला, लगायत आधा दर्जन हिट गीतको कभर गाएर चर्चामा आएका छेवाङका तिम्रो नाम, सरर काठमाडाैँ सहर, बुझीदेउन लगायत गीतहरु सफल रहेका छन् । गीत-संगीत यात्रालाई निरन्तरता दिनलाई लन्डन त्यागेका छेवाङ एक कुशल गायक संगै युटुबर समेत रहेका छन् । कभर गीत संगै आफ्ना गीतमा पनि आफै अभिनय गर्ने छेवाङ कहिले पनि आफु गायक र युटुबर बन्छु भनेर नसोचेको बताएका छन् ।

छेवाङ सँगको कुराकानी हेर्नुस :