आँचललाई छाडेर सृष्टिको अंगोलमा बेरिए पल शाह

हाम्रो सन्देश संवाददाता

निसान घिमिरे एक कुशल सम्पादक हुन् तर उनि पछिल्लो समय म्युजिक भिडीयो निर्देशनमा समेत उतिकै सक्रिय छन् ।उनैको निर्देशनमा पछिल्लो समय ‘तिम्रो महल’ सार्बजनिक भएको छ ।जहाँ पल शाह र सृष्टि खड्का फिचर भएका छन् । हरि लम्सालको संगीत रहेको गीतमा अमर न्यौपाने शब्द र नारायण धितालको स्वर सुन्न सकिन्छ ।

स्याड भर्सनको यो गीतलाई रबिन्द्र बरालले छायांकन गरेका हुन् भने गीतमा बिमला तामांगको मेकअफ र बिकास दाहालको सम्पादन रहेको छ ।