२४ घण्टामा ४४ व्यक्ति माथि गोली प्रहार – ५ को मृत्यु

हाम्रो सन्देश संवाददाता

अमेरिका, २२ साउन ।

अमेरिकाको चर्चित र ठुलो शहर मध्ये एक सिकागोका लागि अत्याधिक अपराध भएको सिकागो प्रहरी प्रमुख फ्रेड वालरले आइतवार अपराध वढ्नुमा ग्याग फाइट लगायतका कारण भएको वताएका छन् । प्रहरी प्रमुख वालका अनुसार सन् २०१७ मा यस्ता गोली प्रहारका घटनामा ३० प्रतिशत कमी आएको छ । त्यहाँ गर्मी मौसममा वढी अपराध हुने गरेको बताईको छ । त्यस दिन २४ घण्टामा ४४ व्यक्ति माथि गोली प्रहार भयो । यसमा पाँचले ज्यान गुमाएका छन् । प्रहरीको रेकर्ड अनुसार राती साढे १ बजेपछिको तीन घण्टामा भएका १० घटनामा ३० जना माथी गोली प्रहार भयो र यसमा २ जनाले ज्यान गुमाए । आइतवारको गोली प्रहारमा ६२ देखि ११ बर्ष सम्मका बालक घाइते भएका छन् ।
एउटा घटनामा बन्दुकधारीले सडकमा भईरहेको भिडभाड युक्त पार्टीमा गोली चलाएका थिए । सिकागोले केही बर्ष यता उच्च अपराधका घटनासँग जुधिरहेको छ ।