कोठा भाडामा लिएर काठमाडौमा यौनधन्दा सञ्चालन गर्ने २८ बर्षीय प्रिया श्रेष्ठ र हेटौडाकी १८ बर्षीय मन्दिरा तामाङ पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ साउन ।

कोठा भाडामा लिई अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृतवाट विशेष सुचनाका आधारमा खटिएको टोलीले यौन धन्दा सञ्चालनको आरोपमा काठमाडौं को लाजिम्पाटकी २८ बर्षीय प्रिया श्रेष्ठ र हेटौडा घर भई हाल लाजिम्पाट बस्दै आएकी १८ बर्षीय मन्दिरा तामाङ तितुङलाई पक्राउ गरेको हो ।

युवतीहरुलाई ललाई फकाई पैसाको प्रलोभनमा पारी उनीहरुले यौन धन्दामा लगाउने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक मोहन कुमार थापाले जानकारी दिए।

उनीहरुलाई प्रहरीले गत १९ गते राती पक्राउ गरेको थियो। पक्राउ परेका दुवै जनालाई अदालतवाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। नागरिकमा खबर छ ।