पूर्वएमालेको घरघरमा खुसीयाली, खुमलटारमा कालोबादल

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,साउन २४ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हेडक्वार्टर धुम्बाराहीमा राख्ने निर्णय गरेको छ । काठमाडौंमा बिहीबार बसेको सचिवालय बैठकले नेकपाको हेडक्वार्टर धुम्बाराहीमा राख्ने निर्णय गरेको हो ।

पेरिसडाँडामा जनवर्गीय संगठनहरुको कार्यालय राख्ने निर्णय गरिएको स्रोतले जनाएको छ । धुम्बाराही पूर्वएमालेको कार्यालय थियो । पेरिसडाँडामा पूर्वओवादीको कार्यालय रहेको थियो ।

ओलीले आफ्नो अडानलाई कायम राखेर प्रचण्डलाई झुकाएका छन् । ओलीको अडानपछि पूर्वएमालेहरुको मनोबल उच्च भएको छ । पूर्वमाओवादीका कार्यकर्ताहरु चिन्तित बनेका छन् ।