अफ्रिकी देश फिजीमा ८ दशमलव २ म्याग्निच्यूटको भूकम्प

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ भदाै ।

अफ्रिकी मुलुक फिजीमा गएको ८ दशमलव २ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको छ ।

प्रशान्त महासागरको मध्य भागलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण केही घर चर्किएका छन् ।

भूकम्पले भएको मानवीय क्षतिको विवरण भने अहिलेसम्म आएको छैन ।

प्रशान्त महासागरमा ५ सय ६० किलोमिटरको गहिराईसम्म भूकम्पको धक्का महसुस गरिएको फिजीको भूगर्भ विभागले जनाएको छ ।

यद्यपी सुनामीको खतरा भने नरहेको भूगर्भविद्हरुले स्पष्ट पारेका छन् ।(एजेन्सी)