​जोक : किमको पत्रकार सम्मेलन ट्रम्पले लाइभ हेरेपछि…

हाम्रो सन्देश संवाददाता

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले पत्रकार सम्मेलन आयोजना गर्दै भनेछन् :

किम : अबको १० वर्षमा हामी सूर्यमा मानिस पठाउँछौं !
पत्रकार : तर, सूर्य त एकतम तातो हुन्छ, कसरी सम्भव हुन्छ र ?
किम : (एकछिन रोकिएपछि) हाम्रा मान्छेलाई सूर्यमा रातिमात्रै अवतरण गर्छौं नि त मुर्ख !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीले किमको यो पत्रकार सम्मेलनको सम्पूर्ण दृश्य ह्वाइट हाउसमा बसेर टेलिभिजनमा लाइभ हेरिरहेका रहेछन् । किमको कुरा सुनेर ट्रम्प बेस्सरी हाँस्दै भनेछन् :

ट्रम्प : कस्तो मुर्ख होला, रातमा सूर्य उदाउँदैन भन्ने पनि थाहा रहेनछ ।

ह्वाइट हाउस तालीले गुन्जियो ।