किन भयो वर्षाको आलोचना ? यस्तो छ खास कारण

हाम्रो सन्देश संवाददाता

नायिका वर्षा शिवाकोटी विभिन्न फिल्ममा सुरुमा साइन गर्ने र सुटिङ सुरु गर्ने बेलामा हात झिक्ने गरेको चर्चा चल्न थालेको छ । मेरो पैसा खोई ? रानी महल, गोपीमा उनले सुरुमा फिल्म खेल्ने सहमती गरेपनि पछि हात झिकिन । गोपीमा उनी मुख्य भुमिकामा छानिएपनि अन्तिममा आएर हात झिकिन । स्क्रिप्ट रिडिङमा सहभागी भइन । प्रमोसनका लागि तस्बीर खिचाइन तर छायांकन सुरु हुनभन्दा दुई साताअगाडि नखेल्ने जानकारी गराइन । फिल्म साइन गर्न हतारिने पछि धोका दिने अव्यावसायिक प्रवृत्तिले करिअरमा धक्का दिन सक्ने अन्य फिल्मकर्मी बताउँछन ।