क्रिस्टल टावरमा आगलागी, ४ को मृत्यु, १६ जना घाइते

हाम्रो सन्देश संवाददाता

मुम्बई, भदौ ६ ।

भारतको व्यापारी नगरी मुम्बईको परेल क्षेत्रमा रहेको क्रिस्टल टावरको १२ औं तले भवनमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । भने १६ जना घाइते भएका छन् ।

बुधबार विहान करीब ८.३० बजे शुरु भएको आगलागीमा घाइते भएकाहरुको उपचार स्थानीय केइएम अस्पतालमा भइरहेको बताइएको छ । भारतीय अधिकारीका अनुसार मृत्यु हुनेमा एक र तीन पुरुष रहेका छन् । साथै घाइते हुनेमा १० जना पुरुष ६ जना महिला रहेका छन् ।

मुम्बई फायर विभागका अधिकारीका अनुसार आगलागी अहिले पूर्णरुपमा नियन्त्रण आइसेकेको छ । अधिकारीहरुका अनुसार बहुतले भवनको १२ औं तलाको लिफ्टबाट आगलागी शुरु भएको हुनसक्छ । लिफ्टबाट शुरु भएको आगलागी सो फ्लाट भरी फैलिन नपाउँदै पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।

आगलागी शुरु हुने वित्तिकै दमकल विभागमा सूचना दिइएपछि तत्काल दमकल घटनास्थल पुगेपछि २ घण्टा लामो प्रयासपछि आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो । भवनमा फसेमा मानिसहरुलाई क्रेनको सहायताले उद्दार गरिएको थियो ।

आगलागीको कारण अहिलेसम्म पत्ता नलागेपनि विद्युत सर्ट भई आगलागी शुरु भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीम निसासिएर चार जनाको मृत्यु भएको बताइएको छ । अस्पताल पुर्याउँदा उनीहरुको मृत्यु भएको चिकित्सकले मृतक घोषणा गरेका थिए ।