अब सन्नी लियाेनीले नेपाली फिल्म खेल्ने

हाम्रो सन्देश संवाददाता

भारतीय फिल्म नगरीकी हट हट नायिका सन्नी लियोनीले अब नेपाली फिल्ममा पनि अभिनय गर्ने भएकी छिन् । नेपाल र भारत दुबै देशका कलाकार रहने उक्त फिल्मकाे नाम पासवर्ड राखिएकाे छ । साे फिल्ममा नेपाली नायक अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । साे फिल्म बलीउड र नेपाली चलचित्रको सहकार्यमा बन्न लागेको हाे ।

‘पासवर्ड’ का लागि सन्नी लियोनी फाइनल भइसकेकी छिन् । फिल्मको सम्पूर्ण छायाँकन भने लण्डनमा हुने बताइएको छ । उनले महंगो रकम लिएर चलचित्रमा काम गर्न लागेको वुझिएको छ ।

फिल्मको छायाँकनका लागि टीम छिटट्ै नै लण्डन जाने भएकाे छ भने सन्नी पनि केही दिनपछि लण्डन पुग्ने बताइएकाे छ । फिल्मलाई सम्राट बस्नेतले निर्दैशन गर्देछन् ।