चलचित्र इतिहासकै सबैभन्दा हट चलचित्र कथा काठमान्डौको ट्रेलर सार्वजनिक (भिडियो सहित)

हाम्रो सन्देश संवाददाता

काठमान्डौ ।

चाहाना फिल्मस्को प्रस्तुती रहेको चलचित्र कथा काठमान्डौको ट्रेलर सार्वजनिक भएको छ जसमा पैसा ड्रक्स र सेक्सलाई मुख्य प्राथमिकता दिइएको देखिन्छ ।

मोडलिङ्गमा आफ्नो करियर बनाउन चाहाने केटी र मोडलहरुबाट आफ्नो तृष्णा पूर्ति गर्न चाहाने तथा आफ्नो अमूल्य समय ड्रग्समा विताउने हरुको कथा हो भन्ने कुरा ट्रेलर हेरेर सजिलै पत्ता लगाउन सकिन्छ ।

पैसाका लागि जे पनि गर्न तयार हुनुपर्छ भन्ने संवादलाई मुख्य प्राथमिकतामा राखिएको कथा काठमान्डौ काठमान्डौको रात्री जीवन र मोडलिङ्गलाई केन्द्रविन्दुमा राखेर बनाइएको चलचित्र हो भन्ने ट्रेलरले सावित गरेको छ ।

यसका साथै प्रियङ्का कार्की र आयूष्मानको रोमान्स भने नेपाली चलचित्रको इतिहासकै सबैभन्दा हट छ ।

यस चलचित्रका प्रियङ्का कार्की, प्रमोद, आयूस्मान, सन्जोग, सन्ध्या लगाएतका कलाकारहरुको मुख्य भूमिका छ ।