फेरि ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या !

हाम्रो सन्देश संवाददाता

भोजपुर, २३ भदाै ।

भोजपुरमा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको हो ।गएराती खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेवेले बताए । सञ्जयसँगै सुतेकी बालिकाको बलात्कारपछि आमाबुबाले थाहा पाउने भएपछि बालिकाको हत्या गरेको हुनसक्ने डीएसपी थेवेले बताए ।आमा धनमनी राई र सौतेनी बाबु राजन राईसँग बस्दै आएका मृतक बालिकाको घरमा सञ्जय राई लामो समयदेखि बस्दै आएको स्थानीय दिक्पल राईले बताए ।