यौन उत्तेजना महिलामा ६ गुणा बढी हुन्छ तर महिलाले बलात्कार गरेका छैनन् : सावित्री सुवेदी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ भदाै ।

नेपालमा महिला बलात्कारका घटना दिनप्रतिदिन बढिरहेका छन् । कतिपय बालीकाको बलात्कार पछि हत्या गरिएको छ। महिनावारि भएका, गर्भवती भएका, वृद्धाहरु,बालकालिका बलात्कारका सिकार बनि रहेका छन् । बेहि बलात्कारीले सजाए पाउछन् भने केहि पावर र पहुचको आधारमा संरक्षण पाई रहेका घटना पनि देखिन्छ । त्यस्तै सावित्री सुवेदी महिला अधिकारकर्मी हुन् । बलात्कार विरुद्ध बोल्ने उनले पेटिकोट आन्दोलन र केश मुण्डन गरेपछि उनी अहिले चर्चामा छिन् । सावित्री सुवेदीका अनुसार, बलात्कारीलाई फाँसी दिइनुपर्छ, संविधान संसोधन गरेर कडा सजाय राखिनुपर्छ । उनी समाज महिलामैत्री हुनुपर्छ, महिलालाई सम्मान हुनुपर्छ भन्ने मान्छीन् । अरुको जीवन खोस्ने, अरुको आत्मसम्मान लुट्ने मान्छेलाई फाँसी दिनुपर्छ भन्ने उनको माग रहेको छ। उनी शहरमा भन्दा अहिले गाउँमा बलात्कार विरुद्ध आवाज उठिरहेको मान्छीन् ।सावित्री सुवेदी यौन उत्तेजनाकै कारण मात्र पुरुषले बलाकार गर्छन् भन्ने मान्दिनन् । उनका अनुसार, महिलामा पुरुषमा भन्दा छ गुणा बढी यौन चाहना हुने भएतापनि उनीहरुले बलात्कार गर्दैनन् । तर महिलालाई कमजोर ठान्ने पुरुषले बलात्कार गर्छन् ।

थप भिडियोमा