प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मत अनुमोदन

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, भदौ २५ ।

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ। सोमबार बिहान भएको सुनुवाईपछि समितिले मिश्रको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।

सांसदहरूले मिश्रबारे समितिमा परेका उजुरीका सम्बन्धमा प्रश्न गरेका थिए। समितिले मिश्रलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको जानकारीसहित नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो।

मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिए लगतै समितिले सर्वसम्मतले अनुमोदन गरेको हो ।