यू–१९ एसिया कपः नेपालले आज अफगानिस्तानको सामना गर्ने

हाम्रो सन्देश संवाददाता

असोज १५, काठमाडौं ।

एसीसी यू–१९ एसिया कपमा नेपालले सोमबार साविक विजेता अफगानिस्तानसँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार बिहान पौने नौ बजे सुरु हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेटमा चिरपरिचित नेपाल र अफगानिस्तान गएको संस्करणको प्रतियोगितामा पनि आमने–सामने भएका थिए । जसमा अफगानिस्तान ७ विकेटले विजयी भएको थियो ।

पहिलो खेलमा नेपालले भारतसँग एक सय ७१ रनको भारी हार ब्यहोरेको छ । यता अफगानिस्तानले युएइलाई ५ विकेटले पाखा लगाएको थियो । सेमिफाइनलको लक्ष्य राखेको नेपाल यदि सोमबार पराजित भएमा प्रतियोगिताबाट नै बाहिरिने छ । त्यसैले पनि नेपाललाई सोमबारको खेल जित्ने पर्ने दबाव छ । भारत विरुद्ध कमजोर ब्याटिङ गरेको नेपालले मंगलबारको खेलमा केही परिवर्तन गर्न सक्नेछ ।