वीरगञ्जमा पत्रकारमाथि एसिड आक्रमण, केछ अवस्था ?

हाम्रो सन्देश संवाददाता

पर्सा, ७ कात्तिक ।

वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक-सम्पादक धीरज दारुकामाथि आज अपराह्न एक महिलाले तेजाब प्रहार गरेकी छन्।

वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरस्थित घ रअगाडि उभिएको बेला छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले दारुकामाथि तेजाब फ्याँकेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

घाइते दारुका वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अभियुक्त सिंहलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।