कहिँले लाग्ने छैन यस्ता गम्भीर रोग अकबरे खुर्सानी दैनिक खानाले

हाम्रो सन्देश संवाददाता

काठमाडौँ-

गाउँघरबाट विभिन्न प्रकारका खुर्सानीहरु उत्पादन गरि बजारमा बिक्रि गर्ने गरिन्छ। बजारका उपभोक्ताहरुले खुर्सानी राम्रोसँग चिनेर मात्र खरिद गर्न आवश्यक हुन्छ। हरेक घरको भान्सामा तरकारी पिरो वा स्वादिलो बनाउनका लागि खुर्सानीको प्रयोग गर्ने गरिन्छ। यसरी नियमित खाने खुर्सानीमा निकै ध्यान पुर्याउन आवश्यक हुन्छ।

कुनै खुर्सानी मानव शरिरको लागि अमृत बराबर हुन्छ भने केहीले विष सरह नोक्सान गर्छ। हरेक व्यक्तिले आफ्नो स्वाथ्यको अवस्था सामान्य राख्न भान्सामा अकबरे खुर्सानीको प्रयोग गर्नु उत्तम हुनेछ। आज हामी तपाईहरुलाई अकबरे खुर्सानीको फाइदाहरु बारे बताउन जाँदै छौँ।

गाउँघरमा उत्पादन हुने वा बजारमा पाईने विभिन्न प्रकारक खुर्सानीहरु मध्य मानव शरिरको फाइदाका लागि अकबरे खुर्सानी निकै उत्तम मान्ने गरिन्छ। हामी तपाईहरुलाई के जानकारी गराउन चाहनछौँ भने चिकित्सकको रोजाई र स्वास्थ्य क्षेत्रको हिसबले प्रमाणित भईसकेको कुरा यो छ की अकबरे खुर्सानी भने मानिसका लागि अति नै उपयोगी हुने गरेको छ।

हाम्रो भान्सामा प्रयोग हुने डल्ले खुर्सानीको नियमित प्रयोगले ग्याष्टिक तथा अल्सर जस्ता रोगको औषधि समेत हुन्छ । यसलाई अन्य केही रोगहरुको औषधिको रुपमा समेत प्रयोग गर्ने गरिन्छ।

यो खुर्सानीमा पाईने क्याप्सिसिनका कारण शरिरमा देखा पर्ने विभिन्न रोगहरु कम हुँदै जाने गर्छ। यो खुर्सानी नियमित रुपमा खाने गर्दा विभिन्न रोगबाट ग्रसित बिरामीहरुलाई फाइदा पुग्ने गर्छ। स्वस्थ संस्थामा विभिन्न समस्या लिएर आउने बिरामीहरुलाई यस बाहेक खुर्सानी भान्सामा प्रयोग नगर्न सल्लाह दिने गरेको पाईएको छ। यसले मोटोपन घटाउन समेत सहयोग पुर्याउछ।