होस गुमाएर बोल्दा बाबुराममाथि आइलाग्यो यस्तो आपत, अब के गर्लान ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ,१३ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिवार काठमाडाैंको भृकुटिमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन नसक्ने भन्दै चर्चामा आएका पूर्वप्रधानमन्त्री एवं नयाव शक्नि नेपालका संयोजक डा. बाबुराम भट्टराईमाथि आपत आइलागेको छ ।

नेकपाको चियापानलाई व्यङ्ग्य गर्दै उत्पादनमूलक काममा पैसा लगानी गरे राम्रो हुने भन्दै सुझावका साथै गतिलो झटारो हानेका भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्दा नेपालमा संचालित मुलधारका सवै पत्रपत्रिका देखि अन्य संचार माध्यममा विज्ञापन गरेर आएको भन्दै अहिले वेमाैसमी बाजा बजाको आरोप लागेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले तत्कालीन एमाआेवादी छाडेर नयाँ शक्ति निर्माण गर्दा पत्रिकाको प्रन्ट पेजमा गरेको विज्ञापनका अंशहरु समेत तुलना गरेर उनको खिल्ली उडाउन सुरु भएको छ ।

अवको निकास नयाँ शक्तिबाट संभव भएको भन्दै मुलधारका पत्रिकामा करोडाैंको विज्ञापन छपाएर केहि लाई रकम समेत नतिरेको भन्ने समाचार समेत आएको थियो ।