हिउँले ढाक्यो जुम्ला

हाम्रो सन्देश संवाददाता

आइतबार रातिदेखि भैरहेको हिमपातका कारण जुम्लाको जनजीवन प्रभावित भएको छ । जुम्लामा अहिले आधा फिटसम्म हिउँ जमेको छ । हिउँ परेपछि मानिसहरु हिउँ खेलेर रमाइरहेका पनि छन् । हिमपात भएपछि यातायात सेवा पनि प्रभावित भएको छ । कर्णाली राजमार्गमा सञ्चालन हुने गाडिहरु रोकिएका छन् ।यस्तै जुम्लामा हवाइजहाज बस्न सम्भावना छैन । हिमपात भैरहेकाले सरकारी कार्यालयहरुको कामसमेत प्रभावित भएको छ ।

Loading...