मलेसिया : थप एक नेपालीको अस्पतालमै मृत्यू, कामदार हडतालमा

हाम्रो सन्देश संवाददाता

मलेसिया, २४ पौष ।

विहिबार मलेसियामा कार्यरत एक नेपालीको मृत्यू भएको केही घण्टा नबित्दै अस्पतालमा उपचाररत थप एक नेपालीको मृत्यू भएको छ ।

विहिबार नेपाली समय अनुसार करिब ७ :३० बजेका समयमा मलेसिया स्थित रहेको एसकेपी कम्पनी बातुपहड (SKP Company Batupahad) कम्पनीमा कार्यरत केही नेपालीहरुले फोहोर निकाल्ने क्रममा ट्रन्कमै बेहोस भएर लडेका थिए । ट्रन्कबाट फोहोर सफा गर्ने क्रममा केमिकलको गन्धले ७ जना बेहोस भई ट्रन्कबाट निकल्ने क्रममा लडेरको थियो ।

सफाईको क्रममा प्रदेश नं. २ को रौतहट जिल्लाको मौलापुर नगरपालिकाको पथर बुधराम टोल बस्ने छविलाल यादवको २८ वर्षिय छोरा सँतोष कुमार यादवको ट्रन्कमै लडेर विहिबार साँझ नै मृत्यू भएको थियो भने शुक्रबार विहान करिब ४ बजेको समयमा अस्पतालमा उपचाररत अर्का कामदार पाल्पा जिल्लाको चुरा बहादुरको समेत मृत्यू भएको खवर प्राप्त भएको छ ।

विहिबार कम्पनीमा विदा भएको भन्दै राखिएको केमिकल ट्रन्क सफा गर्नको लागि ७ जना नेपाली कामदारलाई मुदिर अर्थात कामको साईट फोरम्यानले आदेश गरेका थिए । यीनीहरुलाई त्यो क्षेत्रमा काम गर्ने सीप नहुँदाहुँदै पनि फोरम्यानले काम अह्राउँदा यत्रो मानवीय क्षति हुन पुगेको बताइएको छ । सँतोषलाई ग्यासँ लागेर ट्रन्कमै लडेका थिए । ठुलो आकारको केमिकल राख्ने ट्रन्कभित्रैबाट सिढी भरयाँग पनि बनाइएको थियो । ट्रन्कबाट फोहोर लिएर फाल्नको लागि भरयाँग चढने क्रममा केमिकलको गन्ध लागेर उनी लडेर बेहोस भएका थिए ।

लडेर बेहोस भएका सँतोषलाई बचाउनको लागि कामदारहरुले हरसम्भव प्रयासका साथै कम्पनीका प्रमुखलाई तत्कालै टर्न्क काटनुपर्ने आग्रह गरेपनि प्रमुखले आदेश नदिएपछि सँतोषको मृत्यू भएको ठहर गरिएको छ । बेहोस भएर लडेकै अवस्थामा ट्रन्कटलाई काटन सकिएको भए सँतोष आज जीवित हुन्थ्यो भने चुरा बहादुर पनि सकुशल हुने थियो । तर कम्पनीको लापरवाहीका कारण दुई जना नेपाली सँतोष कुमार यादव र चुरा बहादुरले ज्यान गुमाएका छन् ।

यता, कम्पनीको लापरवाहीका कारण दुई नेपालीले ज्यान गुमाएको तथा अन्य ५ जना घाईते भएको भन्दै कम्पनीमा कार्यरत ५०० बढी कामदारहरु कम्पनीमा आमहडताल गरेका छन् । कम्पनीको लापरवाहीले उनीहरुको ज्यान गएको भन्दै मृतको शवलाई चाँडो भन्दा चाँडो नेपाल उनको परिवारलाई पठाइदिनुपर्ने, परिवारजनलाई क्षतिपूर्ति, घाईतेलाई उपचार सहित क्षतिपूर्ति र कामदारको सुरक्षाको माग गर्दै कम्पनीमा आमहडताल गरेको हो ।

कामदारहरुले आफूहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

Loading...