बंगलादेशमा विपक्षी पार्टीलाई भोट दिएको आरोपमा ‘ग्याङ्ग रेप’

हाम्रो सन्देश संवाददाता

२७ पुस, काठमाडौं ।

बंगलादेशको हालै भएको संसदीय निर्वाचनमा विपक्षी पार्टीलाई मतदान गरेको आरोपमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले सत्तारुढ अवामी लिग पार्टीका एक स्थानीय नेता राहुल अमिनसहित सात जनालाई हिरासतमा लिएको छ ।

बलात्कृत ३५ वर्षीया महिलाका चार सन्तान छन् । उनका अनुसार गत हप्ता भएको निर्वाचनमा विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को उम्मेदवारलाई भोट दिएको भन्दै सत्तारुढ अवामी लिगका नेता–कार्यकर्ताहरुले सामुहिक बलात्कार गरे ।

Loading...