रन-वेबाट विमान चिप्लिँदा भयो ठुलो दुर्घटना, १५ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

एजेन्सी, पुष ३० ।

इरानको अलब्रोज प्रान्तमा सोमबार भएको विमान दुर्घटना परी १५ जनाएको मृत्यु भएको इरानी सैनिकले जानकारी दिएको छ।सामान बोकेर उडेको विमानमा रहेका १६ मध्ये १५ जनाको मृत्यु भएको इरानका समाचारमाध्यमले जनाएका छन्।

काजकिस्तानको बिस्खेबाट मासु बोकेको बोइङ ७०७ नम्बरको विमान सोमबार फात्त विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो।जीवित रहेका विमानका इन्जिनियरलाई अस्पताल लगिएको इरानी सेनाले जनाएको छ।

इरानको राजधानी तेहरान नजिक रहेको फात्त विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट विमान बाहिरिएको थियो। यसअघि इरानको राष्ट्रिय सञ्चारमाध्यमले दुर्घटना भएको विमानमा १० यात्रु भएको जानकारी दिएको थियो।

Loading...