बलिउड अभिनेत्री करिना कपुर प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध निर्वाचन लड्ने !

हाम्रो सन्देश संवाददाता

एजेन्सी,७ माघ।

भारतका तीन राज्यमा भएको निर्वाचनमा भारतीय जनता पार्टीले नराम्रोसँग हार ब्यहोरेको छ । लगातार ओरालो लाग्दैं गरेको भारतीय कंग्रेसले यि तीन राज्यको निर्वाचनमा सफलता हात पारेको छ ।

मध्य प्रदेश विधानसभा चुनावमा प्राप्त जितलाई कांग्रेस लोकसभा चुनावमा पनि उतार्न चाहन्छ । यसकारण पार्टीले अहिलेदेखि नै तयारी सुरु गरिरहेको छ। यसै क्रममा कांग्रेसका केही सांसदले भुपालमा लोकसभा सिट जित्नका लागि उपाय निकालेका छन् ।

यसै क्रममा उनीहरुले भोपाल संसदीय सिटमा कुनै नेतालाई नउठाएर बलिउड अभिनेत्री करीना कपूर खानलाई टिकट दिनुपर्छ भन्ने माग राखेका छन् । कांग्रेस सांसदका अनुसार भोपाल संसदीय सिटमा लामो समयदेखि बीजेपीको एकछत्र राज चल्दै आएको छ ।

यससँगै भोपाल बीजेपीको बलियो किल्ला बन्दै गइरहेको छ । जसलाई भत्काउनको लागि करीना कपूर बलियो उम्मेदवार मानिएकी छिन् । कांग्रेस सांसद गुड्डु चौहान र अनिस खानका अनुसार युवाहरुमाझ करीना कपूरका धेरै फ्यानहरु छन् र करीनालाई युवाहरुको अत्यधिक भोट प्राप्त हुनेछ ।

गुड्डुको भनाइमा जोड दिँदै अनिसले भनेका छन्, करीना पटौदी खानदानकी बुहारी भएकाले पुरानो भोपालमा पनि यसको फाइदा पुग्नेछ । यसका साथै उनी महिला भएका कारण महिलाहरुका भोट प्राप्त गर्नमा पनि उनी सफल रहनेछिन् ।

हुन त नवाब पटौदीले भोपालबाट चुनाव लडिसकेका छन् तर त्यसमा उनी पराजित भएका थिए । तर अब करीनालाई चुनावमा उठाउनेबारे भने सांसदहरुले नवाब पटौदीलाई मुख्यमन्त्री कमलनाथसँग भेटघाट गरेर कुरा राख्न आग्रह गरेका छन् ।

Loading...