जापानमा आगोले पोलेर नेपाली चेलीको निधन, दुई सन्तान परे बिचल्लीमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, माघ ८ ।

जापानमा आगोले पोलेर घाईते भई अस्पतालमा उपचार गराइरहेको अबस्थामा एक नेपालीको निधन भएको छ । जापानको युकिमा श्रीमानको साथमा बस्दै आएकी नुवाकोट बिदुरकी ३१ वर्षिय सावित्री नेपाल रिमालको निधन भएको हो ।

डिसेम्बर १० का दिन काम गर्ने ठाउँमा आगोले पोलेपछी उनलाई उपचारका लागी आकस्मिक रुपमा हेलिकप्टरमार्फत युनिभर्सिटी अफ चुकुबा हस्पिटलमा लगिएको थियो ।

हस्पिटलले लामो समय उपचारको प्रयास गरे पनि रिमालको अन्तत; जनवरी २१ तारिख सोमबार बेलुका करिब ९ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेको थियो ।

आगोले अधिकांश भाग जलेर उनको किड्नी ,फोक्सो र कलेजोमा धेरै असर पुगेको थियो। मृतक सावित्री पछिल्लोपटक नोभेम्बर १३ तारिखमा नेपाल गएर जापान फर्किकी थिइन्। उनका दुई सन्तान नेपालमै छन्।

उनको दाह संस्कार जापाननै गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ।

Loading...