दोस्रो एकदिवसीय क्रिकेटः यूएईमाथि नेपालको शानदार जित

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १२ माघ ।

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि १४५ रनको फराकिलो जित निकालेको छ । यससँगै तीन म्याचको सिरिजमा १–१ को बराबरी भएको छ । नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो । तेस्रो तथा अन्तिम म्याच सोमबार हुने बताइएको छ ।

Loading...