टाउकोमा चायाँ छ ? यी हुन हटाउने घरेलु अचुक उपाय

हाम्रो सन्देश संवाददाता

काठमाण्डौं ।

चायाँ मानिसको टाउकोमा मात्र नभइ कसैकसैको अनुहार , हात ,खुट्टामा पनि पर्ने गरेको पाइन्छ । धेरै जसो मानिसको भने टाउकोमा नै पर्छ । सरसफाइमा ध्यान दिँदा दिँदै पनि एक दुई दिन ननुहाउँदैमा चयाँले सताउने गर्दछ । चयाँ छला सम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरु बहिर निस्केपछि हामी त्यसलाई नै चाँया भन्ने गर्दछौ ।

चायाँबाट सबैले मुक्ति चाहेकै हुन्छन् । चायाँका कारण अरुले हेर्ने दृष्टिकोण र आफ्नो सुन्दरताको पनि चिन्ता हुन्छ। आजकाल चायाँ हटाउने बिभिन्न तरिकाको प्रचार गरिएको पाइन्छ । तर अरुले भनेकै भरमा विभिन्न सामाग्रीको प्रयोग गर्दा चयाँ हट्ने नभइ त्यसले थप समस्याको सिर्जना गर्न पनि सक्दछ ।

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन् :

१. एक कप दहिमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र दुई घण्टामा धुने । यो प्रक्रिया केही दिन जारी राखेमा टाउकोको चायाँ बिस्तारै हराउँदै जान्छ ।

२. कपालमा नियमित रुपमा नरिवलको तेल लगाउँदा पनि कपालको चायाँ हराउँदै जान्छ । तर नरिवलको साथै अन्य खालको तेल प्रयोग गर्नु हुँदैन।

३. अमला र रिठा मिलाएर कपालमा लगाउने र त्यसको दुई घण्टा पछि धुने यो प्रक्रिया केहि दिन जारी राखेका चायाँ हराउँदै जान्छ।

४. सँधै नुहाउनु भन्दा अगाडी कागतीको रसले टाउको मालिस गरेमा पनि केहि हद सम्म चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ।

५.अरुले प्रयोग गरेका ब्रस, तकिया , काईयो , सिरानी सकेसम्म प्रयोग नगर्ने।

६. काँचो अण्डा फुटाएर कपालमा राम्रोसँग दल्ने र एक घण्टा सम्म राखेर टाउको पखाल्ने। त्यसमा हल्का सेम्पु पनि प्रयोग गर्न सकिन्छ । अण्डासँगै मरिच र दही पनि प्रयोग गरे झनै प्रभावकारी हुन्छ।

७ . धुलो र अत्याधिक घाममा हिड्दा टाउको छोप्ने गर्नुपर्दछ।

Loading...