काठमाडौं, २० माघ ।
यूएईमा भएको अन्तराष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा आज नेपाल ईतिहासमै पहिलो पटक जित हात पारेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी २० सिरिज जितेको हो ।
बर्वााका कारण निर्धारीत समयमा हुन नसकेको खेललाई १० ओभरमा छोट्याइएको थियो । नेपालले टस जितेर पहिलो ब्यटिङ राजे थियो । जसमा उसले तेस्रो तथा अन्तिम टी-२० मा यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
ट्वान्टी–२० सिरिजको पहिलो खेलमा नेपालले हारबाट सुरु गरेको थियो । पहिलो खेल २१ रनले जीत गुमाएको नेपालले दोस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो ।