पिपुल्स प्लाजा पाँचो तल्लामा रहेको price tag पसलमा भएको चोरी(भिडियो सहित)

हाम्रो सन्देश संवाददाता

दरमुकाम गुलरियाको प्रशासनिक केन्द्र नजिकै रहेका दुई पसलमा आइतबार विहान चोरी भएको छ। गुलरिया नगरपालिका ७ मा पर्ने मुख्य सडक हुलाक चौकमा रहेको शैलेश्वरी सुनचाँदी पसल र न्यू बाबा सप्लायर्समा चोरी भएको हो।

चोरी भएको पसलका नजिक जिल्ला अदालत,जिल्ला प्रशासन कार्यालय, गुलरिया नगरपालिकाको कार्यालय र जिल्ला मालपोत कार्यालय करिब सय मिटरको दुरीमा छ। चोरी भएको क्षेत्र जिल्लाका महत्वपूर्ण कार्यालय रहेको प्रशासनिक केन्द्र मानिन्छ। सटरमा लगाइएकोले ताला फोडेर करिब २ लाख मूल्य बराबरको सुनचाँदी चोरिएको शैलेश्वरी सुनचाँदी पसलका प्रोपराईटर दिपक सिजापतिले जानकारी दिए। उनका अनुसार ग्राहकले बनाउन दिएको चाँदीको झुम्का, पायल, सिक्कालगायत एक किलोग्राम चाँदी र साढे एक तोला सुन चोरी भएको छ। सिजापतिले दशैंपछि आईतबार मात्र पसल खोलेको थिए।

यस्तै शैलेश्वरीसँग जोडीएको न्यू बाबा सप्लायर्सबाट पनि १२ हजार नगदसहित साढे १ लाख रुपैयाँ बराबरको सामानहरु चोरी भएको छ। सप्लायर्सका कामदार समीर कुरेसीका अनुसार सटरको ताला फोडेर ६ वटा सामसुङ्गको मोबाइल सेट, १२ वटा चार्जर, ४ वटा मिनी स्पिकर र एउटा ठूलो स्पिकर चोरी भएको हाे। घटनाबारे अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमख तिलक भारतीले बताए

Loading...