कल्ले दियो मुकुन्देलाई रौसि र मासु ? यसरी भाइरल हुँदैछ भिडियो

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २२ माघ ।

सामाजिक सञ्जालमार्फ समसामायिक बिषयमा कडा प्रहार, कटु आलोचना र टिकाटिप्पणी गर्दै आएका आलोचना र प्रशंसाबाट लोकप्रिय मुकुन्द घिमिरे उर्फ मुकुन्देले खाना खाईरहेको एक तस्बीर भाईरल यतिबेला सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।

घिमिरेले पछिल्लो समय वियर र मासु खाँदै गरेको तस्विर लेखक दिल निशानी मगरले सार्वजनिक गरिदिए पछि अहिले उक्त तस्वीरको चर्चा भईरहेको हो ।

लेखक मगरले उक्त फोटोसँगै एक क्याम्सन पनि सेयर गर्दै लेखेका छन्, “प्रिय मुकुन्द घिमिरे दाई आज मस्तीमा हुनुहुन्छ। सुंगुरको सेकुवा र बियर मिठो मानेर खाँदै हुनुहुन्छ।”

यतिमात्रै नभएर उनले कार चलाईरहेको एक तस्बीर पनि भाईरल बन्दैँछ । मासु भात खाएपछि दार्शनिक मुकुन्दे दिल निशानीको कारमा गुड्दै कुराकानी गरिरहेको भिडियो पनि लेखक मगरले सेयर गरेका छन् ।

Loading...