वर्षा राउत यौनकर्मी बनेको फिल्म ‘मेरो पैसा खोई’ युट्युबमा सार्वजनिक (भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

नायक सौगात मल्ल र नायिका वर्षा राउत मुख्य भूमिकामा रहेको नेपाली फिल्म ‘मेरो पैसा खोई’ को सानो अंश युट्युबमा सार्वजनिक गरिएको छ । रेडान सिने आर्टस् द्वारा प्रायोजन गरिएको फिल्म ‘मेरो पैसा खोई’ को १५ मिनेट २७ सेकेण्डको छोटो अंश बुद्धा सुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

यस फिल्ममा नायिका वर्षा राउतले एक यौनकर्मीको भुमिका निर्वाह गरेकी छन् जुन उनको फिल्म करियरमा बिल्कुलै नयाँ भूमिका रहेको छ । यस फिल्ममा सौगात र वर्षाका अलावा छुल्ठिम गुरुङ, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

फिल्मलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाङ्कन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको फिल्ममा रुपक राना र रुपम राना सह(निर्माताको रुपमा रहेका छन् ।

हेर्नुस् फिल्म :

Loading...