ओलीको प्रश्न : रंगशाला बनाउँछु भन्नेको बैंक खातामा कति पैसा छ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, माघ २७ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कामको थालनी गर्ने संकल्प गरेको भन्दै धुर्मुस सुन्तलीको प्रशंसा गरेका छन् । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुुन्तली’को फाउन्डेसनले भरतपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुबैको प्रशंसा गरेका हुन् । ‘बजेट निकै ठूलो छ । पैसा छैन तै पनि आँट गर्‍यो ।

आँट गरेर नगरपालिकासँग सम्झौतै गर्‍यो’ उनले भने, ‘नयाँ काम प्रारम्भ गर्ने संकल्प गरेकोमा खुुसी व्यक्त गर्न चाहन्छु । बैंक खातामा पैसा भए पनि नभए पनि रंगशाला बनाउने र त्यसमा सहयोग गर्ने आँट देखाएको भन्दै उनले प्रशंसा गरेका छन् । उनले सहयोग गर्छु भन्नेहरुलाई रकममै बाचाअनुसार रकम उपलब्ध गराउन आग्रहसमेत गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने आश्वासनसमेत दिएका छन् ।

Loading...