तेलमा डुबेका बालकलाई शिशिर भण्डारीले भेटे । सहयोग दिदै भने- तिमी भुत हैनौ, भगवान हौ(भिडियो हेर्नुस)

हाम्रो सन्देश संवाददाता

कोलकाता, माघ २७ ।

कति सुन्दर थियो यो परिवार । प्युठानका २ बर्षका शिशिर खड्का आफ्नो आमा बुवासंग दंग थिए । तर गएको असारको त्यो घटनाले शिशिरको जीवन मात्रै हैन यो परिवारको खुशी नै खोसिदियो । साथीहरुसंग खेलिरहेका शिशिर पुरी पकाउन उमालिरहेको तेलमा डुबे । पानी लिन गएकी आमा फर्केर आउंदा छोराको त्यो अवस्था देखेर मुर्छा परेर ढलिन् । भारतमा रहेका शिशिरका बुवा खबर थाहा पाउने बित्तिकै घर फर्के । शिशिरका दाई पनि छन् । चरण चरणको अप्रेशनले शिशिरलाई यो अवस्थामा ल्याउन सकियो । खुशीको कुरा शिशिर बांचे तर उनको त्यो सुन्दर अनुहार र शरीर यस्तो भयो ।

नमस्कार म शिशिर भण्डारी.. अर्को एउटा दुखद भिडियो लिएर आएको छु । यो भिडियो हेर्ने जति सबैले लाईक गरारैं अनि पुरा भिडियो हेरेर सबैले सेयर गरौं । सबै नेपाली मांझ पुर्याऊं है । गरिब परिवारले शिशिरको उपचारका लागि हालसम्म १२ लाख भन्दा माथि खर्चिसकेको छ । ऋण गरेर छोराको जीवन बचाएका शिशिरको आमा बुवाको रुंदा रुंदा आंशु रित्तिसक्यो । शिशिरको आमा उनको पहिलेको फोटो हेर्नै सक्दिनन् ।

त्यो दुर्घटनापछि शिशिर झनक्क रिसाउने भएका छन् । आफ्नो अनुहार ऐनामा हेर्दै घरभरीका सबै ऐना फुटाईसके । उनलाई आफु भुत जस्तो लाग्छ रे । अहिलेदेखि नै आफ्नो अनुहार प्रति उनलाई ठुलो घृणा छ । शिशिरका अघिल्ला भिडियोहरु हेरपछि तपाईहरुले मलाई कमेन्टमा शिशिर भाई तेलमा डुबेका बाबुलाई भेट्न जानु न भनिरहनु भएकै थियो । म त्यहि आग्रहलाई मान्दै शिशिर बसेको कोठा कर्तिपुरमा पुगे । शिशिरको उपचारका लागि उनको बुवालाई ३२ हजार सहयोग रकम हस्तान्तरण गरे ।

२७ हजार तपाई देश तथा बिदेशबाट पठाउनु भएको नेपाली मनहरुले पठाउनु भएको अनि ५ हजार मैले आफ्नो तर्फबाट दिएं । म कसैको दुख देख्न सक्दिन, मैले आफ्नो कमाईबाट आएकै पैसा दुखी र पिडितलाई दिने हो । शिशिरलाई मैले भनेको छु, शिशिर बाबु तिमी भुत हैनौं, तिमी त भगवान हौ । मृत्युलाई जित्दै बांचेका तिमी रियल हिरो हौ । शिशिर खड्का अब अन्य धेरै अप्रेशनपछि पहले जस्तै त नहोलान् तर उनले गुमाएको कान, कपाल र अन्य अग हाल्न सकिनेछ । त्यसको लागि सबैले सहयोग गरौं । सहयोग गर्नका लागि शिशिरको बुवाको खाता नं हामीले स्क्रिनमा राखिदिएका छौं । युटुब मार्फत सहयोग गर्न म शिशिर भण्डारीलाई ९८११००६९२९ मा सम्पर्क गर्नुहोला ।

भिडियो हेर्नुस

Loading...