प्रचण्डसँगको सम्बन्धबारे ओलीले भने- भवितव्यले बनेको जोडी होइन, यत्तिकै टुट्दैन !

हाम्रो सन्देश संवाददाता

फागुन ,२ काठमाडौं ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको आफ्नो जोडी कसैले चाहँदैमा नटुट्ने बताएका छन् ।

‘जनताको जलविद्युत्’ कार्यक्रम घोषणा समारोहलाई बिहीवार राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘भवितव्यमा बाटोमा हिँड्दाहिँड्दै झल्याँस्स भेटेको जोडी होइन, यो त सुविचारित ढंगले बनेको हो । हामीले देश बनाउनु छ । मिलेर मात्र देश बन्छ,’ ओलीले भने ।

अघिल्लो दिनको बोक्सी र जँड्याहाको प्रसंग उल्लेख गर्दै ओलीले थपे – ‘अहिलेका अध्यक्षहरूलाई यो कुरा थाहा छ, आमा बोक्सी भइन्, बा जँड्याहा भए भन्नेको कुनै काम छैन । कुरा बोकेर जीवन चलाउनेहरूको दिन गयो ।’

कुरा बोकेर जिन्दगी चलाउनेहरूको दिन गयो भनेर नै जनताले भिजन सहितको सुदृढ सरकार बनाएको उनको जिकिर छ ।

Loading...