प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीलाई आज सम्बोधन गर्न लाग्नुभएको भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनुसार ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको थियो ।

Loading...