माधव नेपालले भने : विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित छैन

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,३० फागुन ।

नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको बताउनुभएको छ ।
आज संसद भवन नयाँ वानेश्वरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उहाँले यस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको बताउनुभयो । ‘पार्टीभित्र (छलफल) भएको छैन ।

पार्टीभित्र गम्भीर विषयमा (छलफल) हुनुपथ्र्यो’ उहाँले भन्नुभयो ‘यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मेजर कदमहरु उठाउनुभन्दा पहिले बैठक बोलाउनुपर्छ, बैठकमा छलफल हुनुपर्छ, यस्तो किसिमको कार्यशैली उचित होइन ।’ सरकारमा गम्भीर तयारी गरेर र पर्याप्त छलफल गरेर भन्दा प्रचारात्मक कुरामा जाने प्रवृत्ति देखिएको नेता नेपालले बताउनुभयो । आफूहरुसँग छलफल नै नगरिएकाले यसमा सरकारलाई साथ दिन नसकिने नेता नेपालले बताउनुभयो ।

Loading...